केशबराज चौलागाई –
के तिमी जनता हौ र??
ए जनताको सरकार
न हलो जोतेर खा छौ
न ढुङ्गा फोरेर?
न नोकरी ,न ब्यपारी
न हंसिया न हथौडा?
ए सरकार?
हाम्रा अौजारको अपमान भो।
अर्काका अौजारमा
तिम्रो के हक???
हाम्रो अपाङ्गतालाई देखाएर
मागी खानेहरु!!
लाज त हामीलाई नि लाग्नु पर्ने।
के गरया होला हाम्ले???
हाम्रा लागि भनेर,
अौजारले न छोएका
सुकिला मान्छेहरु छान्यौ।
अनि
उहीँ पो हाम्रा अौजारको नाईके।
ए सरकार??
कसका लागि काम गर्दै छौ?
को हुन तिम्रा जनता?
कुन जनतासंग सल्लाह गरयौ??
किसानलाई सोध्यौ?
मजदुरलाई , जागिरेलाई
व्यापारीलाई,विद्यार्थीलाई
कस्लाई सोध्यौ??
सबैको व्यथा तिमी नै जान्दछौ???
ए सरकार!!
तिमी त मालिक पो भयौ क्यार!!
मिल विनाको मालिक!!
सुहाउंदैन मालिकलाई
हाम्रा अौजारहरुका झण्डा!!
तिम्रो झण्डामा मुकुट सुहाउंछ।
जनतालाई त सोधेनौ,सोधेनौ
अाफु-अाफु त गर।
ए सरकार!!?
के छ हाम्रो जस्तो तिमीमा??
धर्म,संस्कृति,परम्परा
रहनसहन,रितिथिति
हुन त तिमी मालिक भा छौ
हाम्ले पो त मान्ने
वा!!क्या मीठो भ्रम!!
तिमी पो जनताको!!
हामी त जहांको त्यही छौं।
हाम्रा पहिचानका झण्डा नवोक ।
तिमी जनता हौर??
ए !जनताको सरकार।
कसरी तिमी जनताको सरकार??
ए सरकार!!
हाम्रो पहिचानको झण्डा
फाल्छौ कि खोसम्??
खोस्नु परो भने
तिम्रो जनम खोसिएला
झोस्नु परो भने
दरवार झोसिएला
पापी हातहरुले नछोउ
लोभी नजरले नहेर
जनताको पसिना तेजाव बन्ला
तिमी जनता हौ र??
लाजै मर्नु
जनताको सरकार!!
केशबराज चौलागाई नेपालि कांग्रेस दोलखाको नेता हुन्।
उनि साहित्यकार तथा रचनाकार पनि हुन।
