नेपाली कांग्रेस का युवा नेता गगन थापाले २० दिन देखि अनसनरत डा. गोबिन्द केसीको स्वास्थ स्थिति कमजोर बन्दै गएकोले सरकार समक्ष डा. केसीको जीवन रक्षा को माग गर्न र सरकारले गरेको सहमतिको पालना गर्न नागरिक तह बाट सरकारलाइ दबाब दिन अनुरोध गरेका छन्। नेता थापाले सामाजिक संजाल बाट सो कुराको आह्वान गरेका छन्।
युवा नेता गगन थापाले आफ्नो सामाजिक संजाल मा लेखेका छन् ”२० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।सरकार मस्त निद्रामा छ।सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा.केसीको जीवनरक्षाको,चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने।त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं-डा.केसीको जीवन रक्षा गर!सहमतिको पालना गर !”
