समाचारस्वास्थ्य

अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सेनेटरी प्याड आयातमा भन्सार महसुल बढाएको कुरा तथ्यहीन हल्लामात्र

[mashshare]

असोज ९, काठमाडौं । सेनेटरी प्याड आयातमा भन्सार महसुल नबढाएको सरकारले स्पष्ट पारेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै अर्थ मन्त्रालयले सेनेटरी प्याडको आयातमा यसअघि लाग्दै आएको बमोजिम १५ प्रतिशत भन्सार महसुल नै कायम रहेको जनाएको हो ।

अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लामात्र भएको जानेको छ ।

साथै, मन्त्रालयले सेनेटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुल आधा घटाएर ५ प्रतिशत कायम गरिएको कुरा समेत विज्ञप्तिमा जनाएको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close