असोज १०, काठमाडौं । काठमाडौंको कपनामा ढलमा खसेर बेपत्ता भएका बालकको शव खोज्नेक्रममा ललितपुरमा भेटिएको छ ।
ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका-१, घुसेलमा शनिबार राति शव भेटिएको ललितपुर प्रहरी प्रमुखले जानकारी दिनुभएको छ ।
फोटो हेरेर परिवारले सखानत गरेपछि प्रहरीले शव ल्याउँदैछ टिकाभैरवसम्म बोकेर ल्याउँदैगरेकॊ र त्यहाँबाट पाटन हस्पिटलमा पोष्टमार्टमका लागि लगिनेछ ।
१० वर्षीय उज्जवल विक गत मंगलबार राति कपनस्थित ढलमा खसेका थिए ।
