२९ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा २४ घण्टामा १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार काठमाडौंमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

आज शुक्रबार देशभर ३,९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ भने २७ जना कोरोना भाइरसको कारणले मृत्यु भएको छ ।

