साउन ३० रोल्पामा स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले अनलाइन खबरलाई जानकारी दिनु भयो ।

सुवेदीले माडी गाउँपालिकाका–२ मा आज बिहान ३:५० बजेतिर दुर्घटना भएको बताउनु भएको छ। भैरहवाबाट कोर्चाबाङ शव पुर्याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा उक्त एम्बुलेन्स दुर्घटना भएको हो।दुर्घटनामा एक जना घाइते भएका छन्। एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो ।
