२९ साउन, काठमाडौं ।शुक्रबार प्रेस काउन्सिलले एक सूचना जारी गर्दै प्रेस काउन्सिल नेपालले आपसमा मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्ने भएको छ ।
काउन्सिलले सूचना जारी गर्दै दर्ता भइ सञ्चालन भइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडेर डोमेन दर्ता/मिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम लिएर सूचीकरण हुन आएमा त्यस्ता न्युज पोर्टललाई सूचीकरण नगर्ने र विधिवत् रुपमा पहिले नै सञ्चालित अनलाइन मिडियाबाट काउन्सिलमा पटकपटक यस्ता उजुरी/गुनासाहरू आउने गरेको भन्दै अबदेखि यस्ता मिडिया दर्ता नहुने सूचना जारी गरको छ ।
हालै बसेको काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकमा यस्तो निर्णय गरेको काउन्सिलले जनाएको छ ।

