सन्देश कोइराला
शुक्रबार,६ मङ्सिर दोलखाको कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित गाउँपालिकाका कर्मचारी सवार स्कारपियो दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । दुर्घटनामा परि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओली, कानुनी सहजकर्ता राजेन्द्र श्रेष्ठ, कर्मचारीहरु राम ओली, सरीता ओली र खड्ग थामी घाईते भएका हुन् । दुर्घटनामा परि घाईते भएका श्रेष्ठ, थामी र सरिता ओलीको सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ भने दुई जना सामान्य घाईते भएको दोलखा प्रहरीले जनाएको छ ।
सिंगटीबाट चरिकोटतर्फ आउँदै गरेको कालिञ्चोक गाउँपालिकाको बा २ झ ४३५९ नम्बरको स्कारपियो आज दिउँसो कालिञ्चोक गाउँपालिकाकै सोती बजार नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार स्कारपियो स्टेरिङ लक भएर दुर्घटनामा परेको हो । दुर्घटनामा परेको स्कारपियो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओली आँफैले चलाएका थिए
। दुर्घटनामा परि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओली, कानुनी सहजकर्ता राजेन्द्र श्रेष्ठ, कर्मचारीहरु राम ओली, सरीता ओली र खड्ग थामी घाईते भएका हुन् । दुर्घटनामा परेको स्कारपियो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओली आँफैले चलाएका थिए । ओली केही दिन अघि मात्रै विगु गाउँपालिकाबाट सरुवा भएर कालिञ्चोक गाउँपालिकामा आएका हुन् । ओली केही दिन अघि मात्रै विगु गाउँपालिकाबाट सरुवा भएर कालिञ्चोक गाउँपालिकामा आएका थिए । प्रमुख प्रशासकीय अधिकृत ओली सरुवा भई आएर कार्यभार सम्हालेको दुई दिन नवित्दै दुर्घटनामा परेका हुन् । कालिञ्चोक गाउँपालिका करिव एक महिना प्रमुख विहिन भएपछि ओली बुधबार मात्रै कालिञ्चोक गाउँपालिकाको कार्यालय हाजिर भएका थिए । ६ मंसिर, २०७६
