पोखरा । नेपाल तरुण दलका कोषाध्यक्ष विद्धावन गुरुङले मंसिर १४ गते सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चार स्थानमा बुथ कब्जा गर्ने रणनीति
पोखरा । नेपाल तरुण दलका कोषाध्यक्ष विद्धावन गुरुङले मंसिर १४ गते सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चार स्थानमा बुथ कब्जा गर्ने रणनीति बनाएको सूचना आफूहरुले पाएको बताएका छन् ।
नेपाल तरुण दल कास्की क्षेत्र नम्बर २ ले शुक्रबार पोखरामा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कोषाध्यक्ष गुरुङले बुथ कब्जा गर्न आउने नेकपाका लठैतहरुलाई तरुण नेता तथा कार्यकर्ताहरुले लखेट्ने चेतावनी दिए ।
‘नेकपाले चार वटा बुथ मंसिर १४ गते कब्जा गर्ने रणनीति बनाएको भन्ने खबर पाएका छौँ’, उनले भने, ‘बुथ कब्जा गरेर धाँधली गर्ने सोँच बनाएका छन् भने ती अरिँगालहरुलाई कास्कीका युवा तरुणहरुले लखेट्ने छन् ।’
उनले कास्की २ को उपनिर्वाचनलाई जनमत संग्रहको रुपमा ब्याख्या गर्दै तरुण दलका केन्द्रीय कोषाध्यष गुरुङले नेपाली कांग्रेसका खेमराज गरुङलाई रुखमा भोट दिएर विजयी बनाउन अपील गरे ।
उनले तरुणले केपी ओली र प्रचण्डको घरमा रहेको ३३ किलो सुन खोजेर ल्याउने चेतावनी दिएका छन् । ‘जनताले नुन खान पाएका छैनन्’, उनले भने, ‘सुन तस्करी भएको छ । भ्रष्टाचार भएको छ । अनियमितता भएको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया