रमिला योञ्जन
लैङ्गकि हिसा बिरुद्ध काे १६दिने अभियान लाई लक्षित गर्दै मन्जु श्री अशाहाय संरक्षण केन्द्र काठमाडौं शाखाले २३ गते एक कार्यक्रमको आयाेजना गरेको थियो /
काठमाडौं माहानगर पालिका उपमेयर श्री हरि प्रभा खडगी प्रमुख अतिथि्मा भएको कार्यक्रममा मन्जु श्री अशाहाय संरक्षण केन्द्रको केन्द्रीय अध्यक्ष मन्जु खाड काठमाडौ शाखा अध्यक्ष मिना बस्नेत केन्द्रीय सल्लाहकार रजु रनजितकार , जानकी बज्राचार्य र आफन्त नेपालका डाईरेकटर इन्द्र राज भट्टराई ,महिला अधिकारकर्मी सरु सुनार , महिला अधिवकता इन्दिरा नेउपाने ,र कालिमाटि महिला सेल ईनिसपेकटर काेपिला चुडाल र विभिन्न छेत्र बाट आउनु भयका अतिथि हरु काे उपस्थिति थियो/
मन्जु श्री अशाहाय संरक्षण केन्द्र काठमाडौं शाखाले आयोजन गरेको लैङ्गिक हिंसा न्युनीकरणका लागि सरोकारवालाहरुको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरि प्रभा खडगीले महिला सशक्तीकरणका लागि उक्त अभियन आ-अफ्नै घरबाट हुनुपर्ने बताइन् । ‘महिला सशक्तीकरण बिना राज्यको विकास सम्भव छैन,उनले भनिन् ।
राज्यका हरेक तहमा महिलाको सहभागिता बढ्नु सकारात्मक पक्ष रहेको बताउँदै उनले हरेक ठाउँमा ५० प्रतिशत महिलाको प्रतिनिधित्वि हुनुपर्ने समेत जोड दिदै
मन्जु श्री असाहय संरक्षण केन्द्रले महिला तथा बालबालिका माथि हुने हिंसा न्युनीकरणको अभियानमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै उनले काठमाडौं महानगरपालिका सग सहकार्यका लागि आफु तयार रहेको समेत बताउनु भएको छ ।
उक्त कार्यक्रममा बोल्दै अशाहाय संरक्षण केन्द्रको केन्दिय अध्यक्ष मन्जु खाँड ठकुरीले आवाज बिहीनहरुको आवाज बनेको यस सस्था लाइ सबैको साथ र सहयोग अपरिहर्य रहेको समेत बताउनु भयो । हिंसा रहित नेपाल निर्माणका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
अशाहाय संरक्षण केन्द्र काठमाडौं शाखाको अध्यक्ष मिना बस्नेतको अध्यक्षतामा भएको कर्यक्रम काठमाडौं माहानगर पालिकाको जेडियो हलम भब्य सब्य रुपमा सम्पन गरिएको थियो।
