हाल तराईका अधिकांश भुभागहरुमा बाक्लो हुस्सु / कुहिरो लागेको छ।
दिउँसो : प्रदेश नं १, प्रदेश नं २ र बाग्मति प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।
आगामी २४ घण्टाको आंकलन (Outlook for next 24 hrs.)
पश्चिम तराईः धेरै स्थानहरुमा विहानको समयमा बाक्लो हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको भएपनि दिउसो तिर केहि सुधार हुनेछ।
मध्य तराईः धेरै स्थानहरुमा विहानीपख बाक्लो हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको भएपनि दिउसो तिर केहि सुधार हुनेछ।
पूर्व तराईः धेरै स्थानहरुमा विहानीपख बाक्लो हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको भएपनि दिउसो तिर केहि सुधार हुनेछ।
आगामी २४ घण्टा सम्मः
तराईका अधिकांश भू-भागमा विहानीपख लागेको हुस्सु/कुहिरो अपरान्ह पछि क्रमिक रुपमा सुधार हुने सम्भावना रहेको छ। कुहिरो लागेको स्थानहरुमा राम्रो संग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।
