आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस,
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस ,

काठमाण्डाै – आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिएको छ /राष्ट्रसङ्घको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ समेत पारित गरेको थियो/ सन् २००५ देखि नेपालले पनि अनुमोदन गरिसकेको छ/
संयुक्त राष्ट्रसङ्घीय महासन्धि अनुसार नेपालले सम्पत्ति शुद्धिकरण गठन गरेको छ/प्रतेक वर्ष भ्रष्टाचार विरुद्ध विभिन्न कार्यक्रम गर्दै आएका छन् / यति हुँदा हुँदै पनि भ्रष्टाचार न्यूनीकरण भने हुन सकेको छैन/ ट्रान्सपरेन्सी इन्टरनेशनलको केही समय अघि सार्वजनिक भएको प्रतिवेदनले नेपालमा भ्रष्टाचार झन् बढेको बिबरण देखाएको थियो/
ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले सरकारले नै भ्रष्टाचारलाई संरक्षण दिइरहेको समेत दाबी गरेको थियो /तर सरकारले भने यो प्रतिवेदन राजनीतिक पूर्वाग्रह राखेर बनाइएको भनेर अस्वीकार गरेको छ/