कात्तिक २५,काठमान्डौ । आज(मंगलवार) कात्तिक २५ गते बिहान ८:३० बजे माईतिघर मण्डलामा नेपाल सुशासन अभियान ले सर्वोच्चको आदेश तुरुन्त कार्यान्वयन गर्न , कोरोनाको निशुल्क उपचार गर्न , भ्रष्टाचारको छानविन गर्न , उंखु किसानको भुक्तानी गर्न र कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्न आग्रह गर्दै करिब आधा घण्टा उभिएर सरकारलाई दबाव दिदै सरकारविरुद्ध प्रदर्शन गरेको छ।
सुशासनम अभियानका अभियान्ता पुर्ब कामु रक्षा सचिव देबेन्द्र प्रसाद सिटौला पनि कार्यक्रममा उपस्थीत् हुनुहुन्थ्यो। सरकारले कोरोना माहामारी प्रति को लापरबाहि ,जनता प्रतिको उदासिनता ,उखु किसानले झेल्नु परेको समस्या ,देशमा भ्रस्टाचार निर्मुल तथा भ्रष्टाचारीलाइ कारबाही गर्न , सरकारलाई जनतालाई सुशासन प्रत्याभूति दिन ,कानुनको शासनको प्रत्याभूति दिन सचेत नागरिकको तर्फ बाट शान्तिपूर्ण तवरले सरकारलाई आग्रह गरेको सिटौलाले बताउनु भयो।
त्यस्तै नेपाल सुशासन अभियानका संयोजक रमेश खरेल पनि प्रदर्शनमा सहभागी हुनुहुन्थ्यो। ” प्रमुखत देशमा सरकार छैन ,सरकारलाई आउँ, जनतालाई राहत देउ ,जनतालाई भएको अन्याय अत्याचारको अन्त्य गर ,भ्रष्टाचारको अन्त्य गर ,भ्रष्टाचारीहरुको संरक्षण नगर ,कानुनि राज्यको प्रत्याभूति देउ ,यस्तो महामारीको बेलामा पनि तिमि अक्रमान्य नबन ,तिमि अभिभाबकत्व निर्बाह गर भनेर आम ३ करोड नेपालि र यो नालायक सरकारलाई सजक गराएका हौँ ” खरेलले भयो।
प्रदर्शनमा उपस्थितले देशमा सरकार नभएको महसुस जनतालाई भएकोले आफूहरु सरकारको आँखा खोल्न सडकमा ओर्लेको बताए।उनीहरुले कोरोना संक्रमितको उपचार र परीक्षणमा विशेष ध्यान दिन सरकारसँग बिशेष माग गरेका छन्।


