तनहुँको शुक्लागण्डकी नगरपालिका-४ बाट लागु औषधसहित ३ जना पक्राउ परेका छन् ।
शुक्लागण्डकी नगरपालिका ४ का २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका ५ का ३० वर्षीय मनोज क्षेत्री र गोरखाको आरुपोखरीथोक घर भई शुक्लागण्डकी नगरपालिका २ बस्ने रवि गुरुङ पक्राउ परेका हुन् ।उनीहरुको साथबाट १०४ थान डाइजेपाम, ८९ थान नुफिन र ९३ थान फेनारगन गरी दुई सय ८६ थान लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उपर लागुऔषध मुद्दा दर्ता गरिएको प्रहरी ले जनाएको छ ।
