कात्तिक २३ ,सोमबार। स्रोत नखुलेको रकम सहित वीरगञ्जबाट एक भारतीय पक्राउ परेका छन्।वीरगञ्ज महानगरपालिका-८ बाट स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँसहित भारतमा बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ६४ प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उक्त रुपैयाँ सहित फेला रकम लिएर आएका जैन पक्राउ परेका हुन्।स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ।
