कात्तिक २३। विश्वभर ५ करोड बढी कोरोना संक्रमित भएका छन् । बीबीसीमा प्रकाशित समाचार अनुसार १२ लाखभन्दा बढीको ज्यान गइसकेको र यो संख्या अझै बढ्न सक्छ । किनकि केही देशहरुमा अझै पनि परीक्षण राम्रोसँग भएको छैन ।
युरोपमा फेरि कोरोनाको हटस्पट बनेको छ । त्यहाँ कोरोना संक्रमण पछिल्ला दिनमा तीव्र-रुपमा बढेको छ । अहिलेसम्म सबैभन्दा बढी कोरोनाले अमेरिकामा प्रभाव पारेको छ ।
