२३ वर्षीया महिलालाई बेचबिखन गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-९ लामाटार बस्ने काठमाडौं महानगरपालिका-७ का ५५ वर्षीय गौतम लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
त्यी महिलालाई विदेशमा आकर्षक रोजगारी दिलाई दिने वहानामा १० वर्षसम्म यौन शोषण गरी विभिन्न प्रलोभनमा पारी भारतको दिल्ली हुँदै लेबनानसम्म पुर्याई बेचबिखन गरी फरार रहेका उक्त अभुयुक्तलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई फरार अभियुक्तकै घरबाट कात्तिक २३ गते पक्राउ गरेको हो ।
फरार अभियुक्त उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।
