गौरीशंकर च्छोरोल्पा मिडिया प्रा लि को बडा दशैँ ,शुभ -दिपावली ,छठ पर्व तथा नेपाल सम्बतको शुभकामना आदान प्रदान तथा बालकलाकार रन्जना थपलिया समान -२०७७ सम्पन्न भएको छ। पेप्सीकोलाको गुड फ्राइडे रेस्टुरेन्टमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो। बालकलाकार रन्जना थपलिया दोलखा ,शैलुङ्ग गाउँपालिका वडा न -८ कि रन्जना थपलिया बिभिन्न कार्यक्रम तथा म्युजिक भिडियो मा आफ्नो बेजोड प्रस्त्रुती देखाएर सानै उमेरमा सबैको मन जित्न सफल भएकी कलाकार हुन्।
बालकलाकार रन्जना थपलिया को प्रमुख आथित्यतामा भएको कार्यक्रम च्छोरोल्पा टिभीका प्रबन्धक निर्देशक जानकी बज्राचार्यले कार्यक्रमको सभापतित्व गर्नुभएको छ।कार्यक्रमको उपाध्यक्ष बिक्रम आचार्य ,स्टेशन म्यानेजर बलराम कार्की ,गायक तथा संगीतकार महेश नेपाल लगायत कलाकार ,संचारकर्मी लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो। कार्यक्रममा सम्पूर्णले बडा दशैँ ,शुभ -दिपावली ,छठ पर्व तथा नेपाल सम्बतको शुभकामना आदान प्रदान गरेका थिय भने बालकलाकार रन्जना थपलिया लाइ सम्मान गर्दै रन्जनालाई कलाकारिता क्षेत्र मा शुभकामना दिदै सभापति ले कार्यक्रम सम्पन्न गर्नु भएको थियो ।

