कोरोना संक्रमित भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका(राप्रपा) अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापा आइसियूमा भर्ना भएका छन्।अध्यक्ष थापालाई शनिबार ओम अस्पतालको आइसियूमा भर्ना गरिएको हो।
ज्वरो आउने ,टाउको दुख्ने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि थापालाई आइसियूमा भर्ना गरिएको ओम अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले बताएको छ।
अहिले ज्वरो नियन्त्रणमा रहेको र श्वासप्रश्वासमा पनि समस्या नरहेको अस्पतालले जनाएको छ।
