महेश नेपालको ‘रक्सि पावरफुल’ को छायांकन सम्पन्न

गौरीशंकर च्छोरोल्पा मिडिया प्रा लि को ब्यानरमा ‘ रक्सि पावरफुल ‘ लोक पप गित को छायांकन सम्पन्न भएको छ। सामाजिक जनचेतनामुलक उक्त गीतको छायांकन पेप्सीकोला लगाएतका ठाउँमा सम्पन्न भएको हो । गीतको शब्द अमृत तिमल्सिना को रहेको छ। महेश नेपालको गायन,संगीत र निर्देशन रहेको गीतको बुलेट सन् ले कोरियोग्राफ गरेका छन्। उक्त गीतको अभिनयमा बिक्रम आचार्य,प्रग्यासी थापा, सुजाता खडका,महेश नेपाल ,नरनाथ गौतम, भुवन चौलागाई, सबिन गौतम, समुन्द्र कठायत, अमृत तिमल्सीना, प्रसान्त घिमिरे लगायत छन्। केशब अधिकारि ले उक्त गीतको छायांकन गरेका हुन् भने मेकअप म्यान सुजन धराने हुन ।ब्यबस्थापन मा च्छोरोल्पा टिभी का स्टेशन म्यानेजर बलराम कार्कीले गरेका हुन। केहि दिन पछि उक्त गित च्छोरोल्पा अनलाइन टिभी युटुब च्यानलबाट सार्बजनिक हुनेछ ।
मादक पदार्थ ,लागु औसध दुर्व्यसनी ,जुवातास लगायत सामाजिक विसंगति ,बिकृति , बिरुद्द संदेश बोकेको उक्त गीतले दर्शकको मन जित्न सक्ने बिश्वास सम्पूर्ण टिमले लिएको छ।