धरानमा थप २ कोरोना संक्रमित को मृत्यु भएको छ। होम आइसोलेसनमा बसेका धरान उपमहानगरपालिका ९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ , ५८ वर्षीय व्यक्तिलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।अस्पताल पुर्याइएको केही समयमै राति साढे ११ बजे उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनलाई आठ-दश दिनदेखि ज्वरो आए पनि तीन दिनअघि मात्र रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यस्तै प्रतिष्ठानमा उपचाररत तेह्रथुम दाङपा १ का ४९ वर्षीय एक पुरुषको पनि बुधबार राति मृत्यु भएको प्रतिष्ठानकाले जानकारी दिएको छ । उनलाई असोज २५ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । असोज २६ गते कोरोना पोजेटिभ भएपछि उनलाई कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।
