मुख्य समाचार
[mashshare]
आइसीयुको अभाबका कारण अर्घाखाँचीका १ कोरोना संक्रमितको मृत्यु

आज (बिहीबार ) बिहान अर्घाखाँचीका १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा न- ९ का ७३ वर्षीय पुरुषको आईसीयू अभावमा मृत्यु भएको हो ।
उनलाई असोज २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको भएपनि अस्पतालमा आईसीयू अभाव भएपछि दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
सो पुरुषमा असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।