नेपाल सरकारका नवनियुक्त ३ जना मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको हो । नवनियुक्त मन्त्रीहरुमा अर्थ मन्त्रि विष्णुप्रसाद पौडेल , सहरी विकास मन्त्रि कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रि लिलानाथ श्रेष्ठले आज सपथ ग्रहण गरेका हुन् ।
