एक्टिभ इन्टरटेनमेन्ट प्रालि को ब्यानरमा प्रविन राइ र मेलिना राइ को स्वरमा रहेको ‘मेरो प्यारो गाउँ ‘ पुर्बेली गीति एल्बम लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। बरिस्ट गायक तथा निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम को अध्यक्षता रामचन्द्र कोइरालाले गरेका थिए। कार्यक्रम मा कलाकार ,बुद्दिजिवि ,निर्देशक ,रचनाकार ,गायक -गायिका लगाएतको उपस्स्थिति रहेको थियो। सामाजिक दुरी कायम गर्दै थापागाउँ ,बानेश्वरको एभरेस्ट लन्जमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गीतका सर्जक तथा ,गायक गायिका र एल्बम लाइ सहयोग पुर्याउने ,कलाकार लगायतलाइ सम्मान गरिएको थियो। गित राम्रो बनेको र दर्शक श्रोतको माया पाउने गायक प्रविन राइले बताएका थिए। कार्यक्रम मा उपस्थीत् रचनाकार ,गायक ,निर्देशक तथा अतिथि ले बिजय दशमी को शुभकामना साथै गीतको सफलताको शुभकामना मन्तब्य दिएका थिए।
कार्यक्रम मा बोल्दै कार्यक्रम का प्रमुख आतिथि एवं बरिस्ट गायक ,निर्देशक नारायण रायमाझीले एल्बमलाई शुभकामना दिदै ,गीतको म्युजिक भिडियो छिट्टै हेर्न आशाबादी रहेको बताउनु भएको थियो। त्यस्तै कार्यक्रमको अध्यक्षता गरेका रामचन्द्र कोइरालाले सबै उपस्थिति लाइ धन्यवाद दिदै लोकार्पण कार्यक्रम को समापन गरेका थिए।
