मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार)को मौसम पूर्वानुमान जारी गरेको छ ।
अहिले देशको पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल बंगालको खाडीको पश्चिम–मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ।उक्त निम्न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमी दिशा तर्फ सर्दै जाने देखिन्छ।
दिउँसो प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आजको मौसम पूर्वानुमानमा उल्लेख छ । भने, प्रदेश न १, बागमती र गण्डकी प्रदेशका थोरै भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।राती प्रदेश न १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
