प्रदेश ५ को स्थायी राजधानी र नामसम्बन्धी प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावमाथि ३ वटा संसोधन परेको छ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजधानी सम्बन्धमा २ वटा र नामबारे एउटा संशोधन दर्ता गरेको हो।प्रदेश सभा सचिवालयले दिएको जानकारीअनुसार कांग्रेस सांसद पुष्पा थरूनीले बुटवललाई नै प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव दर्ता गरेकी हुन्।
कांग्रेसकै सांसद रमा अर्यालले बर्दघाट, पाल्पा तिनाउ क्षेत्र, सिद्धार्थ नगर र कपिलवस्तुको शिवराज नगरपालिका क्षेत्र समेटेर राजधानी राख्नुपर्ने भन्दै संशोधन दर्ता गरेकी छन्।विपक्षी अर्को दल जनता समाजवादीले प्रदेशसभामा सरकारले दर्ता गरेको लुम्बिनी नाममा संशोधन दर्ता गरेको छ। जनाता समाजवादी पार्टीका सहसराम यादव र पुर्मती ढेंगा मगरले थरूहट-अवध-मगरात नाम राख्न माग गर्दै संशोधन दर्ता गरेका हुन्।
स्थायी राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्तावमाथि आज मतदान गर्ने तयारी रहेको छ ।
