दोलखा शैलुङ गाउँपालिका लागि कार्यक्षेत्र बनाइ अन्यत्र चलाइएको प्रतापसिं स्मृति प्रतिष्ठान द्वारा संचालित ज १ च १५३४ नम्बरको एम्बुलेन्स अन्यत्र चलाएको जानकारी पाएपछि शैलुङ्ग गाउँपालिका -८ का स्थानीय युवाहरुले शैलुङ्ग गाउपालिका को न्यायिक समिति मा निबेदन दिए पश्चात स्थानीय युवाहरुकै पहलमा सो एम्बुलेन्सलाई शैलुङ्ग -८ भदौरे मा सम्म लगियता पनि उक्त विवादित एम्बुलेन्स प्रतिष्ठानले थन्काएर राखेको थियो। तर यतिवेला उक्त विवादित एम्बुलेन्स प्रतिष्ठान ले स्थानीय प्रशासन र स्थानीय तहलाइ जानकारी नदीई लगेको छ।
उक्त एम्बुलेम्स किन लगिएको भन्ने प्रश्नमा प्रतापसिं प्रतिष्ठान को अध्यक्ष भिम प्रसाद उप्रेती एम्बुलेन्स मर्मत को लागि काठमाडौ लगिएको र एम्बुलेन्स कार्यक्षेत्र मा नै चलाइने जानकारी च्छोरोल्पा खबर लाइ जानकारी दिएका छन । त्यस्तै एम्बुलेन्स को खर्च सोचे भन्दा बढी आएको र सबैको सहकार्य गरि एम्बुलेन्स संचालन मा ल्याउने जानकारी दिए।
त्यस्तै शैलुङ्ग गाउँपालिका वडा न ८ का अध्यक्ष रामेश्वर उप्रेतीका अनुसार वडा लाई कुनै जानकारी नभएको र एम्बुलेन्स लगेको भनि पछि थाहा पाएको जानकारी दिएका छन। त्यस्तै स्थानीय प्रहरी चौकी ले पनि जानकारी नभएको र आबश्यक प्रक्रिया अगाडी बढाउने जानकारी दिएका छन् । शैलुङ्ग गाउँपालिकाको उपाध्यक्ष तथा शैलुङ्ग गाउँपालिका को न्यायिक समिति का संयोजक लालमाया योञ्जन ले समेत एम्बुलेन्स कुनै जानकारी नदिएको र बास्तविक के हो बुझ्ने जानकारी दिनुभएको छ।
एम्बुलेन्सलाइ कार्यक्षेत्रे बाहिर चलाएकोले उक्त एम्बुलेन्सको आम्दानी विवरण तथा उक्त एम्बुलेन्सलाई स्थानीय सेवामा छिटो संचालन मा ल्याउनु पर्ने स्थानीयको माग छ। स्थानीय तह ,स्थानीय प्रशासन लाई थाहापत्तो नदीइ एम्बुलेन्स लगिएकोमा प्रतिष्ठान,स्थानीय तह ,प्रशासन जवाफदेयी हुनुपर्ने स्थानीय को माग छ।
