प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा आज स्थायी राजधानी र नामबारे मतदान हुने भएको छ।
मंगलबार दिउँसो सुरू भएको संसद बैठकमा प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोखरेल बोलिरहेका छन्।
कार्यसूचीअनुसार आजै स्थायी राजधानी र नामबारे मतदान हुँदैछ।
आजको प्रदेश सभा बैठकमा सांसदको टेबुलमा माइक छैन। सोमबार कांग्रेस सांसदले कुर्सी उचालेर टेबुल र माइक तोडफोड गरेपछि आज माइक राखिएको छैन।
