कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएको ३ दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने बित्तिकै उनले चाँडै चुनावी अभियानमा फर्कने वाचा ब्यक्त गरेका छन् ।
अस्पतालबाट डस्चार्ज भए पनि ह्वाइट हाउसमा उनको कोडिभको उपचार जारी रहने अमेरिकी संचारमाध्यम ले जानकारी दिएका छन् ।डाक्टर तथा ह्वाइट हाउसबाट परस्पर विरोधी वक्तव्य आएपछि ट्रम्पको स्वास्थ्य अवस्थामा बारे अझै अन्यौलता रहेको छ । भने, ह्वाइट हाउसमा संक्रमणको फैलावटको अवस्था पनि अज्ञात छ ।
वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरबाट बाहिरिएका ट्रम्पले सबैलाई धन्यवाद दिएका थिए । उनले पत्रकारहरुको प्रश्नको उत्तर भने दिन प्रतिउत्तर दिएनन ।
