चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी,कावासोती नगरपालिका – ५ कि ७७ वर्षीय बृद्धा रहेकी छन् । अस्पतालको अनुसार ती बृद्धा निमोनिया समस्या भएर असोज १६ गते अस्पताल भर्ना भएको जानकारी दिएको छ ।
त्यी बृद्दाको कोरोना (कोभिड- १९) परीक्षण गर्दा असोज १८ मा पोजेटिभ देखिएको थियो । ती बृद्धाको आज बिहान ३ :४५ बजे मृत्यु भएको अस्पताल ले जानकारी दिएको छ।
