वैदेशिक रोजगार विभाग अन्तरगतकाे काठमाडाैँ कार्यालय ताहाचलका कर्मचारीमा काेराेना संक्रमण देखिएपछि गत बुधबारबाट श्रम स्वीकृतिकाे सबै सेवा बन्द गरिएकाे सेवा पुनःआजबाट अत्यावश्यक पर्नेलाई उक्त सेवा दिन सुचारु गरिन लागिएकाे जनाइएकाे छ ।
कार्यालय स्राेतका अनुसार वैदेशिक रोजगार विभागले प्रवेशाज्ञा (भिसा) को अवधि सकिन लागेका र तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी रोजगारी नै गुम्ने समस्या रहेका अति जरूरी परेका सेवाग्राहीलाई प्राथमिकतामा राख्दै अवरूद्ध सेवा सुचारी गरिएकाे हाे ।साेमबार स्वास्थ्य सावधानी अपनाएर अत्यावश्यक परेकालाइ सीमित सेवा प्रदान गर्न लागिएको कार्यालयले जनाएको छ ।
