अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे स्वास्थ्य थप जटिल बन्दै गएकाे छ । शुक्रबार ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियाे ।ट्रम्पको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार शुक्रबार उनलाई ‘उच्च ज्वरो’ थियो भने शुक्रबार र शनिबार दुई पटक उनको रगतमा अक्सिजनको तह कम भएको थियो।
एक समय उनको रगतमा अक्सिजन स्याचुरेसन ९३ प्रतिशत थियो भने अर्कोपटक त्यो ९५ प्रतिशत भन्दा तल पुगेको थियो । स्वास्थ्य विज्ञहरूले रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशत भन्दा तल पुगेका विरामीलाई गम्भीर कोभिड-१९ भएको मान्दछन्।
