समाचार
[mashshare]
सुनसरी ,धरान का एक जना कोरोना संक्रमितको मृत्यु
सुनसरी ,धरान का एक जना कोरोना संक्रमितको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।सुनसरीको धरान–१५ घर भएका ५५ वर्षीय पुरुषको आज बिहान पौने सात बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जानकारी दिएको छ।
असोज १६ गते प्रतिष्ठानमै गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।ती पुरुषमा पहिलेदेखि नै मिर्गौलाको र हाइपरटेन्सनको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।