रास्ट्रपति भण्डारीद्वारा अमेरिकी रास्ट्रपति लाई स्वास्थ लाभको कामना
रास्ट्रपति भण्डारीद्वारा अमेरिकी रास्ट्रपति लाई स्वास्थ लाभको कामना

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वास्थ्य लाभको कामना सन्देश पठाउनु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपतिले शनिबार राष्ट्रपति ट्रम्प र डोनाल्डकी पत्नी मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाउनु भएको हो। सन्देशमा राष्ट्रपति भण्डारीले कोरोना नियन्त्रण र महामारीका बेला र महामारीपछि पनि मानिसको स्वास्थ्य र अर्थतन्त्रलाई जोगाउन ठोस कदम चाल्नु पर्ने कुरामा जोड दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले आगामी दिनमा नेपाल-अमेरिकाको बहुआयामिक सम्बन्ध अझ मजबुद् हुँदै जाने आशा पनि सन्देशमा व्यक्त गर्नुभएको छ ।ट्रम्प र उनकी पत्नी मेलानियालाई शुक्रबार कोरोनाभाइरसको संक्रमण भएको थियो। कोरोनाको केहि लक्षण देखिएका ट्रम्पलाई सैनिक अस्पतालमा भर्ना गरिएको छ।आज बिहान एक भिडिओ जारी गर्दै रास्ट्रपति डोनाल्डले आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताएका छन्।