जुम्ल्याहा बच्चा जन्माएकी कोरोना संक्रमित सुत्केरीको नेपालगञ्ज शिक्षण अस्पतालमा मृत्यु
जुम्ल्याहा बच्चा जन्माएकी कोरोना संक्रमित सुत्केरीको नेपालगञ्ज शिक्षण अस्पतालमा मृत्यु

बाँकेको कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना (कोभिड-१९) संक्रमित कंचनपुरकि २९ बर्षीय सुत्केरीको आज बिहान ४ :३० बजे मृत्यु भएको छ ।उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । उनले कैलालीको धनगढीस्थित् सेती अस्पतालमा अपरेसन नगरी जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।उनी गर्भवती भएदेखि नै रक्तश्राव हुँदै आएको र सुत्केरी भएपछि पनि उच्च रक्तश्राव भएको थियो । त्यसपछि उनको पाठेघरको अपरेसनका साथै ८ पोका होल रगत र ४ पोका प्लेटलेट रगत दिइएको थियो।
साथै कोरोना संक्रमणको आशंकामा ती महिलाको स्वाब परीक्षण गर्दा असोज १४ गते रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो । अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ‘असोज १५ गते अपराह्न ४ बजे कोहलपुरमा भर्ना हुँदा उनी बेहोस अवस्थामा रहेको र रोगको प्रकृतिअनुसारका सबै उपचार गर्दागर्दै आज आइतबार बिहान मृत्यु भयो ।