लामो समय देखि महिला हकहित लगायत सामाजिक सेवा नेपाल नारी चेतनशील संघको ११ औँ वार्षिक साधारण सभा संघ को केन्द्रिय कार्यालय मित्रपार्कको हलमा शनिवार सम्पन्न भएको छ।
संघ को अध्यक्ष प्रभा कुमारी ढुंगेल को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम मा प्रमुख अतिथि नेकपा काठमान्डू जिल्ला कमिटिको सचिवालय सदस्य एवं जनसांस्कृतिक महसंघ केन्द्रीय सचिवालय सदस्य नारायण भाई श्रेष्ठ ,बिशेष अतिथि चलचित्र निर्माता एवम् समाजसेवी राम प्रसाद डङ्गोल, लगायत शिक्षक, समाजसेवी, बुद्धि जिवि, राजनीतिज्ञ, अधिवक्ता लगायत अतिथि हरुको उपस्थिति रहेको थियो।
संघले साधारण सभाको उपलक्ष्यमा कार्यसमिति थप गरेको छ। उपाध्यक्षमा शान्ति गूरुङ ,कोषाध्यक्षमा शान्ता थेवे र सदस्यमा मा मनिषा रिजाल ,शोभा क्षेत्री र अनुजा बानियाँ लाई नियुक्त गरेको हो।
संघको केन्दिय कार्यालय मा भएको कार्यक्रम मा उपस्थित प्रमुख अतिथि लगायत अतिथिहरुले संघले विगत लामो समयदेखी सन्चालन गर्दै आएको घरेलु हिंसा सम्बन्धि कानुनी परामर्श कार्यक्रम, पाठ्यघर तथा स्तन क्यान्सर सम्बन्धि सचेतनामूलक कार्यक्रमको निरन्तरताको साथै सामाजिक उत्तरदायित्वको क्षेत्रमा सधैं अग्रसर भइरहन आग्रह गर्दै संस्थाको ११ औं साधारण सभाको अबसरमा शुभाकामना व्यक्त गरेका थिए।
नेपाल नारी चेतनशील संघको ११ औं वार्षिक साधारण सभा सम्पन्न गराउन साथ दिने कार्यक्रका उपस्थित प्रमुख अतिथि नेकपा काठमाडौं जिल्ला सचिवालय सदस्य एवं जनसाँस्कृतिक महासंघ केन्द्रीय सचिवालय सदस्य नारायण भाई श्रेष्ठ, विशेष अतिथि चलचित्र निर्माता एवम् समाजसेवी राम प्रसाद डङ्गोल, समुन्नत महिला मंचको अध्यक्षएवं नेपाल नारी चेतनशील संघको संस्थापक अध्यक्ष सोमा खत्री, अधिवक्तादीपक राई र सुदर्शन जोशी, समाजसेवी ओम कृष्ण प्रसाईं, कुमारीगाल टोल सुधार समाजको अध्यक्ष रेणु गिरी, सामुदायिक सेवा समाजको बरिष्ठ उपाध्यक्ष विनु क्षेत्री, एन प्याब्सन काठमाडौं जिल्ला सदस्य एवं केभीएस प्राचार्य सम्झना लामा लगायत सम्पुर्णलाई हार्दिक धन्यवाद गर्दै नयाँ पदास्थापन हुने सम्पुर्णलाई बधाई दिंदै संघ को अध्यक्ष प्रभा कुमारी ढुंगेलले कार्यक्रम समापन गर्नुभएको थियो ।


