आजको मौसम पूर्वानुमान –
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार आइबार वंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र रहेको छ । हाल देशका प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश न ५ का पूर्वी भागमा बदली भई थोरै स्थानहरुमा हल्का बर्षा भएको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ । प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको र राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना छ ।
प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश २, बागमती प्रदेश र प्रदेश न ५ का एक दुइ स्थानहरुमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
