Uncategorized
[mashshare]
पाल्पामा पहिरोले पुरिएका ३ जनाको शव भेटियो, २ जना अझै बेपत्ता
पाल्पामा पहिरोले पुरिएका ३ जनाको शव भेटियो, २ जना अझै बेपत्ता

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकाहरु मध्ये रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान तीन महिलाको शव भेटिएको छ । पहिरोमा पुरिएकामध्ये ८ वर्षीया लक्ष्मी गाहा , १४ वर्षीया खुशीसरा आले र १६ वर्षीया कृष्णमाया गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
पहिरोले घर पुरिँदा बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी रहेको प्रहरीको जानकारी दिएको हो । घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजी जारी राखेका छन् ।