नेपालमा पछिल्लो २४ घण्टामा १३१३ जना नयाँ संक्रमित थपिएका छन्। १२२६२ जना मा गरिएको परिक्षण मा नयाँ संक्रमित थपिएका नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय को नियमित प्रेस ब्रिफिंग का क्रममा मन्त्रालय का प्रबक्ता प्राडा जागेश्वोर गौतम ले जानकारी दिनु भएको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा सक्रमित मुक्त भई डिस्चार्ज हुनेको संख्या १४५५ रहेको समेत प्रबक्ता ले जानकारी दिए। नेपालमा हालसम्म सक्रिय संक्रमित को संख्या १८२८९ जना रहेका छन् जसमा सस्थागत आइसोलेसन मा ८हजार २३७ र होम आइसोलेसन मा १० हजार ५२ रहेको छ। हाल सम्म निको हुनेको संख्या ५१ हजार ८६६ रहेको ।
