श्रीमती लाई आइसोलेसन जाने भन्दै प्रेमिकासंग पक्राउ
श्रीमती लाई आइसोलेसन जाने भन्दै प्रेमिकासंग पक्राउ

कोरोना देखिएको भन्दै श्रीमतीलाई ढाटेर घरबाट निस्किेका भारत ईन्दौंरको ताजोलमा एक पुरुष प्रेमिकासहित पक्राउ परेका छन्। भारतीय संचार माध्यमका अनुसार आइसोलेसन भर्ना हुन भनि निस्केका श्रीमान सम्पर्क विहिन भएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन्।
ईन्दौंरको ताजोलमा बस्ने २८ वर्षीय ती पूरुषले फोन गरेर आफूलाई कोरोना भएको बताएका थिए । लामो समय श्रीमान सम्पर्कमा नआएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । उनलाई खोज्न प्रहरीले पहिलो चरणमा जिल्लाका सबै आइसोलेसन सेन्टरमा खोजी शूरु गरेको थियो ।
तर लामो समय खोजेपछि उनी अन्तै भेटिए । पुरानो मोबाइल नम्बर बन्द गरेको भए पनि नयाँ नम्बर लिएको खुलेपछि प्रहरीले ट्रेसिङ गरेको थियो । लोकेसनका आधारमा उनलाई प्रहरीले पक्रन सफल भयो । जब उनी फक्राउ परे तब उनको पोल खुल्यो । उनी नाम बदलेर प्रेमिकासँग एउटा घरमा बस्दै आएका रहेछन् ।
– एजेन्सी