Official portrait of President Donald J. Trump, Friday, October 6, 2017. (Official White House photo by Shealah Craighead)
अमेरिकाको जाँच एजेन्सीहरुका अनुसार केही दिन अघिमात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पठाएको चिट्ठीमा ह्वाइट हाउस र केही विभाग हरुमा एक विषालु केमिकल सहितको खाम पठाइएको खुलेको छ । सबै चिट्ठी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पठाइएको जानकारी छ ।
ह्वाइट हाउसका एक अफिसरले शनिबार भने, ‘यस्तै प्रकारका अन्य खतरनाक केमिकलसहितका खाम ह्वाइट हाउस र अन्य विभागमा पनि पठाइएको छ भनेर जाँच एजेन्सीहरु यो पत्ता लगाउने कोसिस गरिरहेका छन् ।’ अधिकारीहरुका अनुसार यस षड्यन्त्रलाई सफल बनाउनका लागि स्थानीय हुलाक प्रणालीको प्रयोग गरिएको हो।
अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबिआईले भनेको छ, ‘युएस सक्रेट सर्भिस र युएस पोस्टल इन्सपेक्सन सर्भिसको सहयोग लिएर जाँच गरिरहेका छौं ,मानिसहरुलाई कुनै खतरा छैन ।’
अमेरिकी अधिकारीहरुलाई यस्ता चिट्ठीहरु यसअघि पनि आउने गरेको थियो । २०१८ मा रक्षा मन्त्री जिम म्याटिसलाई यस्तै खाले खाम पठाइएको थियो । अनुसन्धानपछि नेवीका पूर्व अफिसर सिल्ड एलिन पक्राउ परेका थिए ।यस विषयमा भने अदालतमा मुद्दा चलिरहेको छ ।
न्युर्योक टाइम्समा प्रकाशित एक समाचार अनुसार जाँच एजेन्सीहरुलाई यो खाम क्यानेडा बाट पठाइएको आशंका गरिएको छ । एक महिलामाथि यसबारे आशंका गरिएको छ, तर त्यी महिला को हुन् नाम भने सार्वजनिक गरिएको छैन ।
वासिङटनमा आतंकवादविरुद्धको संयुक्त संस्थाले यस घटनाको जाँच गरिरहेको जानकारी छ । त्यस्तै, न्युर्योक पुलिसको विशेष युनिटले पनि जाँच एजेन्सीलाई सहयोग गरिरहेको छ । अहिलेसम्मको जाँचमा विषालु पदार्थ रिसिनसहितको खाम पठाउने कार्यमा कुनै आतंकवादी संगठनको संलग्नता रहेको–नरहेको भन्ने पत्ता लागेको छैन ।यो अनुसन्धान भने सुरुवाती चरण रहेको अधिकारीहरुले बताएका छन् । एक अधिकारी भन्छन्, ‘अहिल्यै केही भन्न सक्ने अवस्थामा छैनौं’
२०१३ मा मिसिसिपीका एक व्यक्तीले तत्कालीन राष्ट्रपति बाराक ओबामा र एक रिपब्लिकन सिनेटरलाई रिसिनसहित एक खाम पठाएक थिए । ती व्यक्ति शेनन रिचर्डसन नामकी ती महिला रहेको पहिचान भयो, उनलाई १८ महिला जेल सजाय भएको थियो ।
