भूत भागाउने भन्दै १२ वर्षीया बालिकालाई पन्यू तताएर डाम्ने बाजुरा घर भई चोभार बस्ने २६ वर्षीय किशोर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । बाजुराका १२ वर्षीया बालिका प्रमिला शाहीलाई भूत लागेको भन्दै पन्युले डामेको आरोपमा किशोर शाहीलाई चोभारबाट महानगरीय प्रहरी वृत्त कीर्तिपुरले पक्राउ गरेको हो ।
असोज १ गते बालिका सामान्य बिरामी भएपछि किशोरले भूत लागेको भन्दै पन्यूले डाम्नुपर्ने बताएपछि चारपटक सम्म पन्यूले डामेका थिए । पन्युले डामेपछि बालिकाको ४ प्रतिशत अनुहार जलेको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।
कीर्तिपुर अस्पतालमा उपचारपछि पीडित बालिका डिस्चार्ज भएको जानकारी प्राप्त भएको छ । किशोर शाही चोभारमा रंगरोगनको काम गर्दै आइरहेका र पक्राउ परेका शाहिमाथि अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ।
