असाेज ३ ।प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान दिवसको अवसरमा सैनिक मंच टुडिखेल मा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै कर्मचारीतन्त्र र सरकारको कुनै अंग पनि भ्रष्टाचार नियन्त्रणमा बाधक नबनेको बताउनुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध बोल्नुपर्दा आफू मुखमा पानी हालेर नबोल्ने बताउनुभएको छ ।
उहाले भन्नुभयो ‘अब हामी सबै किसिमका संकीर्णता र आग्रह पूर्वाहग्राहहरु छोडर विकास उन्नततिको बाटोमा एकताबद्ध भएर लागौँ । सुशासन र पारदर्शिता विकासको अत्यावश्यक शब्द ह।
उहाल्रे भन्नुभयो ”अख्तियारको दुरुपयोग, भ्रष्टाचार, अनियमितता नियन्त्रण चुनौतीपूर्ण रहेको छ । मैले पटक-पटक भन्दै आएको छु- भष्ट्राचारर गर्दिनँ, गर्न दिन्नँ र भष्टाचारीको विरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ । नेपालमा अझै पनि कतिपय कानुनी कुराहरु अपष्ट भएकाले विकासमा अघि बढ्न कठिन रहेको प्रधानमन्त्रीकाे भनाइ थियाे । उहाँले विकसित देशहरु पनि केही वर्षअघि हाम्रो देशजस्तै रहेको भन्दै कालो-गोरो भन्ने कुरा त्यागेर विकासलाई हेरेर अगाडि बढेको बताउनुभयो ।
