काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा मा नयाँ ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमिण पुष्टि भएको छन ।
शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ८ सय ५९ जनामा कोरोना संक्रमण देखिएको ह। त्यसमध्ये काठमाडौंका ६ सय ९८, ललितपुरका ७९ जना र भक्तपुरका ८२ जना छन्।
पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबारमात्रै ८ सय ७१ जना निको भई घर फर्किसकेका छन् भने थप ७ जनाले ज्यान गुमाएका छन्।
