पछिल्लो २४ घण्टामा नेपालमा हाल सम्मकै सबैभन्दा धेरै थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छन । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५७३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ८७१ जना संक्रमित डिस्चार्ज भएका छन्।अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ।
पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १७ हजार ३ सय ८३ जना कोरोना संक्रमित छन्। क्वारेन्टिनमा रहेकाहरुको संख्या ७ हजार ७ सय ३६ रहेको छ।
