असोज २। प्याजको कालोबजारी गरेको अभियोगमा कलैया उपमहानगरपालिका-१ स्थित खुशी स्टोरका सोहि ठाउँ का संचालकलाइ बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्याजको कृतिम अभाव देखाई खरिद मूल्यको दोब्बरसम्म बिक्री गरी कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त स्टोरमा ग्राहक बनी प्याज खरिद गर्दा प्रतिकिलो ४३ रुपैयाँमा खरिद गरेको प्याजलाई साहले प्रतिकिलो ८० रुपैयाँमा बिक्री गरेको पाइएपछि उनलाई पक्राउ गरेको हो । स्टोरमा लुकाई राखेको ४ सय ५८ किलो प्याज समेत प्रहरीले बरामद गरेको छ ।
संचालकलाइ कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
