पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता गणेशमान सिंह नेपाली राजनीतिका शिखर पुरुष, एक सच्चा क्रान्तिकारी नेता र आफ्नो राजनीतिक अभिभावक भएको बताएका छन् ।
नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसका अवसरमा आज सभापति देउवाले उहाँकै प्रेरणा र मार्गदर्शनले आफू सानो उमेरमै राजनीतिमा होमिएको बताएका छन् ।
देउवा ले आफ्नो सामाजिक संजाल मा लेखेका छन् ” आज मेरो आदरणीय नेता गणेशमान सिहको २३ औ स्मृति दिवश ।उहाँ नेपाली राजनीतिको शिखर पुरुष, एक सच्चा क्रान्तिकारी नेता तथा मेरो राजनीतिक अभिभावक हुनुहुन्थ्यो । उहाँकै प्रेरणा र मार्गदर्शनले म सानो उमेरमै राजनीतिमा होमिएको हुँ ।मेरो अभिभावक गणेशमान सिहप्रति म हार्दिक श्रदासुमन व्यक्त गर्दछु । तपाईको विचार र मार्गदर्शन अजनवि छ ।”
