सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी संविधानको मर्म विपरीत केन्द्रिकृत प्रणालीमा अगाडि बढिरहेको नेपालि कांग्रेसका नेता प्रकाशमान सिंहले आरोप लगाएका छन् ।गणेशमान सिंहको स्मृति दिवसमा एक आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले संघीय व्यवस्थासहितको संविधान कार्यान्वयन गर्नुपर्ने सरकार आफैं केन्द्रिकृत प्रणाली ल्याउन लागिपरेको बताएका छन ।संघीय संरचना अनुसार देशमा स्थानीय र प्रदेश सरकारहरु भए पनि उनीहरुलाई काम गर्न सत्तारुढ दलले बाधा पुर्याएको नेता सिंहले बताए । जनताहरु कोरोना महामारीको चपेटामा रहे पनि सरकारले उनीहरुलाई सुरक्षित महसुस गराउन नसकेको नेता प्रकाशमान सिंहले आरोप छ ।
महामारीका बेला गुर्नपर्ने न्यूनतम कामसमेत सरकारले गर्न नसकेको उल्लेख गर्दै उनले औषधि उपकरण खरिदमा समेत घोटाला गरेर जनताको चित्त दुखाइरहेको बताए ।
२०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइदै छ। विसं १९७२ कात्तिक २४ गते जन्मिएका नेता सिंहको निधन विसं २०५४ साल असोज २ गते भएको थियो|

