मुख्य समाचार
[mashshare]
विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३ लाख नाघ्यो

एजेन्सी । विश्वभरी (कोभिड-१९) कोरोना भाइरस सङ्क्रमितको संख्या ३ करोड ३ लाख नाघेकोे संयुक्तराज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले बताएको छ । चीनको वुहानमा गतवर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ५० हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । विश्वमा कोरोना भाइरस सङ्क्रमित मद्य २ करोड २० लाख ४६ हजार ४८८ व्यक्ति कोरोना मुक्त भएका छन् ।
कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६८, ७४,५९६ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख २ हजार २१३ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो ।