तनहुँको भीमाद नगरपालिकाका कोरोना संक्रमित भई एकै परिवारका ३ जनाको मृत्यु भएको छ । संक्रमित भई मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८ बर्षिय र उनका दुइ छोरा ७५ बर्षिय र ७२ वर्षीय पुरुष रहेका छन् । बुबाको स्यहार-सुसारमा खटिएका दुई छोरालाई पनि पछि कोरोना देखिएको थियो।
९८ वर्षीय पुरुषको काठमाडौँको मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बि एण्ड वी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो सँगै तनहुँमा कोरोना सङ्क्रमित भई मृत्यु हुनेको सङ्ख्या ८ जना पुगेको छ ।
